हर्कपुरमा ट्रक र मोटरसाइकल ठक्कर खाँदा कास्कीका युवकको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०८० पुष २५ गते १४:०८
हर्कपुरमा ट्रक र मोटरसाइकल ठक्कर खाँदा कास्कीका युवकको मृत्यु

कावासोती । गैंडाकोट नगरपालिकाको वडा नं १२ हर्कपुरमा हर्कपुरमा ट्रक र मोटरसाइकल ठक्कर खाँदा कास्कीका २२ वर्षीय युवकको मृत्यु भएको छ ।

पुर्व पश्चिम राजमार्गमा ना६५प ६७८९ नं.को मोटरसाईकल र विपरित दिशा बाट जाँदै गरेको ना६ख ६०१३ नं.को ट्रक एक आपसमा ठक्कर खाँदा गम्भीर घाईते भएका कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका-४ बस्ने बल बहादुर शाहीको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते शाहीको दिउसो १ बजे पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित : २०८० पुष २५ गते १४:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI