पवनकुमार थापा नेपाल बास्केटबल संघको केन्द्रीय उपाध्यक्षमा मनोनीत

NAWALPUR TIMES
प्रकाशित : २०८० माघ ३ गते १९:३०
पवनकुमार थापा नेपाल बास्केटबल संघको केन्द्रीय उपाध्यक्षमा मनोनीत

काठमाडौं ।
खेलकुदका साथै शिक्षा क्षेत्रमा सक्रिय पवनकुमार थापा नेपाल बास्केटबल संघको केन्द्रीय उपाध्यक्षमा मनोनीत भएका छन् । उनलाई बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले केन्द्रीय उपाध्यक्ष पदमा मनोनीत गरेका हुन् ।

यस्तै, गुरुङले सदस्यमा शरद विष्टलाई मनोनीत गरेका छन् । बास्केटबल संघको पाँचौं चुनावी साधारण सभाले भीमसिंह गुरुङको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको थियो । गुरुङ यसअघि संघको कार्यवाहक अध्यक्ष थिए ।

नवनिर्वाचित केन्द्रीय कार्यसमितिमा जुमप्रसाद गुरुङ र मनीषकुमार हयोजुले उपाध्यक्ष, नरेन्द्र थापाले महासचिव, फनिन्द्रमान श्रेष्ठले सचिव तथा विष्णुहरि त्रिपाठीले कोषाध्यक्षको जिम्मेवारी पाएका छन् ।

पवनकुमार थापा, सरोजा कोइराला श्रेष्ठ, बसन्तराज गिरी, राजकुमार महर्जन र लोकेन्द्रबहादुर सिंह सदस्यमा चयन भएका थिए ।

नवनिर्वाचित पदाधिकारीलाई राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत सरोजकुमार पोखरेलले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गर्नुका साथै पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

 

प्रकाशित : २०८० माघ ३ गते १९:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI