गैंडाकोटको जयश्री खोलामा पक्की पुल निर्माण

NAWALPUR TIMES
प्रकाशित : २०८० माघ ४ गते २२:१७
गैंडाकोटको जयश्री खोलामा पक्की पुल निर्माण

कावासोती । गैंडाकोट नगरपालिकाको जयश्री खोलामा पक्की पुल निर्माण भएको छ ।५ करोड ४१ लाखको लागतमा निर्माण गरिएको पुलको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले बिहीबार एक समारोहबीच उद्घाटन गरेका छन् ।

नवनिर्मित पुलले गैडाकोट नगरपालिका वडा नम्बर ३ को तात्रिबास र वडा नम्बर ४ को गाउँलाई जोडेको छ ।

मुख्यमन्त्री पाण्डेले गैडाकोट नगरपालिका वडा नम्बर ३ को केलादी जोड्ने जुक्तिखोलामा बिहीबार नै नयाँ पुलको शिलान्यास पनि गरेका छन् ।

 

प्रकाशित : २०८० माघ ४ गते २२:१७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI