त्रिवेणी दुम्किबास सडक निर्माणमा बाधक निकुन्ज ऐन सच्याउछौ: मुख्यमन्त्री पाण्डे

NAWALPUR TIMES
प्रकाशित : २०८० माघ ६ गते १३:३७
त्रिवेणी दुम्किबास सडक निर्माणमा बाधक निकुन्ज ऐन सच्याउछौ: मुख्यमन्त्री पाण्डे

नारायण शर्मा, कावासोती । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुम्किबास त्रिवेणी सडक निर्माणका लागि सरकारी वन ऐन बाधक रहेको र त्यस्लाई सच्याईने बताएका छ्न ।

निकुन्ज ऐनमा केही अफ्ट्यारा रहेको र त्यस्लाई सरल बनाउन निकुञ्जका अधिकारीसङ भैरहेको छ्ल्फल सकारात्मक भैरहेको पाण्डेले बताए ।

नेपाल प्रेस यूनियन नवलपुर कावासोतीमा आयोजित पत्रकार भेटघाटमा बोल्दै आज उक्त कुरा बताएका हुन ।

यो सडक नखोल्दा सम्म गण्डकी प्रदेशको भारतसङ्ग जोडिने नाका बन्द रहने भएकाले हर हिसाबले यो बाटो खोल्न सरकार लागेको बताए । वन्यजन्तु मैत्री सडक बनाउन प्रदेश सरकार प्रतिबद्द रहेको पान्डेले बताए । निकुन्जको चासो बन्यजन्तु मैत्री सडक निर्माण होस भन्ने छ हामी त्यसलाई सम्बोधन गरेर काम अघि बढछ । यो सडकमा प्रदेश सरकार ले लगानी गर्ने पान्डेले बताए । चितवनको निकुञ्जको बिचबाट सडक बनाएर माडी जाउ आउ भैरहेको सन्दर्भ रहेको स्मरण रहेको बताउदै पाण्डेले कुनै कानून तेर्साएर सडक निर्माण रोक्न नसकिने बताए ।

कर्मचारी सरुवाको प्रसङ कोट्याउदै मुख्यमन्त्री पान्डेले प्रदेशमा पठाउने सबै कर्मचारी केद्र सरकार र प्रदेश बिच समझदारी गर्ने कोसिस भैरहेको उनले सुनाए ।
गण्डकीमा बिकास बजेट खर्चको स्थिती न्यून रहेको स्विकार्दै पान्डेले चाडै ठेक्का पट्टाको काम शुरु गरेर बैशाख अघि नै भुक्तानी दिने र बजेट खर्च गर्ने स्थिती बनाउन सरकारले काम गरिरहेको छ ।

प्रकाशित : २०८० माघ ६ गते १३:३७

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI