गण्डकी प्रदेश सरकार तथा थारू आयाेग बीच छलफल 

NAWALPUR TIMES
प्रकाशित : २०८० माघ ७ गते १०:२६
गण्डकी प्रदेश सरकार तथा थारू आयाेग बीच छलफल 

कावासोती । गण्डकी प्रदेश सरकार, स्थानीय तह र थारू आयाेग बीच शनिबार नवलपुरमा छलफल कार्यक्रम सम्पन्न भएकाे छ ।

कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल बहु जातीय,बहुभाषिक,बहुधार्मिक तथा बहुसांस्कृतिक मुलुक भएकाे र यहाँ सदियाैं देखि आपसी सामाजिक सद्भाव कायम रहेकाे बताउनु भयाे । वहाँले भूगोलको समेत विविधता रहेकाे मुलुकमा आपसी सद्भाव बनाउन सामाजिक अगुवाहरूकाे अहं भूमिका रहदै आएकाे बिचार व्यक्त गर्नु भयाे ।

मुख्यमन्त्री पाण्डेले समावेसी समानुपातिक प्रतिनिधित्व एवं संम्बैधानिक आयाेगहरू वर्तमान संबिधान प्रदत्त उपलब्धि भएकाे बताउनु भयाे । वहाले याे संविधानलाई बचाउदै थप अधिकार प्राप्तिका लागि लडन सकिने धारणा छलफलका सहभागीमाझ राख्नु भयाे । गण्डकी प्रदेश याेजना आयाेग उपाध्यक्ष डा. कृष्णचन्द्र देवकाेटा, थारू आयाेगका सदस्य डा.उमाशंकर प्रसाद चाैधरीले कार्यक्रममा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नु भएकाे थियाे ।

साे अवसरमा थारू समुदायसंग सम्वद्ध ऐन, नीति,नियमावली र संस्थागत व्यवस्थामा सुधार तथा थारू समुदायको हकहितकाे संरक्षण एवं सशक्तीकरणका बिषय उठान गरिएकाे थियाे । छलफलमा थारू आयाेगका अध्यक्ष बिष्णु प्रसाद चाैधरी,सदस्य शान्ति माेदी,प्रदेश सांंसद दमयन्ती रूचाल,स्थानीय तहका थारू महिला जनप्रतिनिधि, राजनैतिक दलका पदाधिकारीहरू, प्रजिअ कल्पना श्रेष्ठकाे उपस्थिति रहेकाे थियाे । यसै गरि थारू कल्याण कारिणी सभाका पदाधिकारी, थारू राष्ट्रिय संग्रहालयका अध्यक्ष तथा जिल्ला स्थित थारू युवा बिद्यार्थी नेता, कार्यकर्ताहरू छलफल एवं अन्तरक्रियामा सहभागी रहेका थिए ।

प्रकाशित : २०८० माघ ७ गते १०:२६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI