नवलपुरमा ६ महिनामा १० अर्ब बढी राजस्व संकलन

NAWALPUR TIMES
प्रकाशित : २०८० माघ ७ गते १६:३५
नवलपुरमा ६ महिनामा १० अर्ब बढी राजस्व संकलन

कावासोती । नवलपुरमा चालू आर्थिक वर्षको ६ महिना सकिदा संघ तथा प्रदेश तर्फ गरेर १० अर्ब बढी राजस्व संकलन भएको छ ।

कोष तथा लेखा नियन्त्रकको कार्यालय नवलपुरका अनुसार जिल्लामा संघ तथा प्रदेश तर्फ गरेर १० अर्ब ८० करोड ८३ लाख ५२ हजार ४ सय ८ रुपिया राजस्व संकलन भएको हो ।

कार्यालयका अनुसार ६ महिनामा संघिय सरकारलाई बुझाउने पर्ने १० अर्ब ५६ करोड ३८ लाख ३२ हजार ६० रुपिया राजस्व संकलन भएको हो । संघ तर्फ सबै भन्दा धेरै राजस्व आन्तरिक राजस्व कार्यालय कावासोतीले संकलन गरेको छ । कोलेनिका नवलपुरका अनुसार आन्तरिक राजस्व कार्यालयले चालू आर्थिक वर्षको ६ महिनामा १० अर्ब ४५ करोड ६५ लाख ९९ हजार ७ सय १६ रुपिया राजस्व संकलन गरेको हो । त्यसै गरि यहि अवधिमा जिल्ला ट्राफिक कार्यालयले १ करोड ३४ लाख, ८५ हजार १ सय ७, त्रिवेणी भन्सार कार्यालयले १ करोड १२ लाख १२ हजार ९ सय ३६, नवलपुर जिल्ला अदालतले ८४ लाख ४६ हजार ४ सय ६५ रुपिया राजस्व संकलन गरेका हुन ।

त्यसै गरि चालू आवको पहिलो ६ महिनामा प्रदेश तर्फ २४ करोड ४५ लाख २० हजार ३ सय ४७ राजस्व संकलन भएको छ । ६ महिनाको अवधिमा यातायात कार्यालय कावासोतीले १४ करोड २५ लाख १ सय ३०, मालपोत कार्यालय कावासोतीले ७ करोड १७ लाख ८८ हजार ९ सय, डिभिजन वन कार्यालयले १ करोड ३९ लाख ९० हजार २ सय ६९ रुपिया राजस्व संकलन गरेका हुन ।

नवलपुरमा संकलन हुने राजस्व भन्दा विकास बजेट निकै कम हुने गरेको छ । चालू आर्थिक वर्षमा जिल्लामा संघीय सरकारबाट ३ अरब ७९ करोड १८ लाख ३३ हजार रुपिया तथा प्रदेश सरकारबाट १ अरब २९ करोड ९६ लाख ८२ हजार विकास बजेट विनियोजन भएको छ । संघ तथा प्रदेश सरकारले जिल्लाका लागि विनियोजन गरेको विकास बजेट भन्दा दोब्बर राजस्व ६ महिनामा संकलन भएको हो ।

प्रकाशित : २०८० माघ ७ गते १६:३५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI