पहिलो पटक धौवादी फलामखानीको साधारणसभा खानी क्षेत्रमा

NAWALPUR TIMES
प्रकाशित : २०८० माघ १३ गते १३:३३
पहिलो पटक धौवादी फलामखानीको साधारणसभा खानी क्षेत्रमा

नारायण शर्मा, कावासोती  ।पूर्वी नवलपरासीमा रहेको धौवादी फलामखानी कम्पनि लिमिटेड संचालक समितिको साधारणसभा पहिलो पटक जिल्लामै हुदै छ ।

फलामखानी रहेको हुप्सेकोट गाउपालिकाको कार्यालयमा पहिलो पटक साधारणसभा शनिवार हुन लागेको हो । संचालक समिति र कर्मचारी समेत जिल्ला बाहिरकै ब्यक्ति राखिएको , कार्यालय समेत काठमाण्डौमै रहेको भनेर यहा बिरोध भैरहदा पहिलोपटक समितिले खानी रहेको गाउपालिका कार्यालयमै साधारणसभा गर्न लागेको हो ।

शनिवार हुने साधारणसभामा मुख्य अतिथि हुन उद्योगमन्त्री रमेश रिजाल यहा आइपुगेका छन । गाउपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेले गाउपालिका र खानी रहेको क्षेत्रका जनतालाई पुरै वेवास्ता गरेको भन्दै ब्यापक आचोलना गरेका कारण पहिलो पटक खानी क्षेत्रमै सधारणसभा गर्न लागेको बताइन । फलामखानी संचालक समितिमा स्थानिय प्रतिनिधित्व बिनै काम अघि बढाइएका कारण समिति जवाफदेहि हुन नसकेको र कामले गति लिन नसकेको पाण्डेले सुनाईन । खानी यहा छ संचालक समितिमा स्थानिय प्रतिनिधित्व छैन त्यसै कारण जवाफदेहिता पनि छैन पाण्डेले भनिन धौवादी फलामखानी कम्पनी लिमिटेडले के काम गर्दै छ खानी क्षेत्रको प्रगति के छ भनेर म गाउपालिका अध्यक्ष समेतलाई कुनै जानकारी छैन पाण्डले गुनासो गरिन । फलामखानीवाट फलाम निकाल्न भनेर सरकारले हालसम्म गरेको प्रगतिको जवाफदेहि हुने कुनै निकाय नै छैन पाण्डेको गुनासो छ । आज दिउसो २ बजे साधारणसभा हुने भनेर आफुलाई खबर आएको उनले सुनाईन ।

धौवादी फलाम कम्पनि लिमिटेड गठन भएको करिब ४ वर्षपछि पहिलो पटक खानीस्थल रहेको गाउपालिकामा साधारणसभा हुन लागेको हो । यस अघिका साधारणसभा सधै काठमाण्डौमै हुने गथ्र्यो ।

शनिवार यहा आइपुगेको मन्त्री रमेश रिजाल अहिले धौवादी फलामखानी रहेको धौवादीमा स्थलगत निरिक्षणमा रहेको प्रहरीले जानकारी दियो । धौवादीवाट फलाम निकाल्ने कारखाना खोल्ने भनेर ७ वर्ष अघि सरकारले निर्णय गरेपनि यसको कार्यप्रगति शुल्य छ । यहा १८ वर्ष अघि ठुलोमात्रामा फलाम रहेको भनेर खानीतथा भूगर्भबिभागले पुष्टि गरेको हो । फालमखानी क्षेत्रकालागि छुटयाएको बजेट हरेकवर्ष फ्रिज हुदै आएको छ । धौवादी फलामखानी देशकै ठुलो हो ।

प्रकाशित : २०८० माघ १३ गते १३:३३

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI