फलाम खानीको साधरण सभा हुप्सेकोटमा, देखिने गरि काम नभएको भन्दै अध्यक्ष पाण्डेको असन्तुष्टी

NAWALPUR TIMES
प्रकाशित : २०८० माघ १४ गते ९:५३
फलाम खानीको साधरण सभा हुप्सेकोटमा, देखिने गरि काम नभएको भन्दै अध्यक्ष पाण्डेको असन्तुष्टी

कावासोती । धौवादी फलाम कम्पनी लिमिटेडको साधारण सभा पहिलो पटक खानी क्षेत्रमा भएको छ । कम्पनीको कार्यालय जिल्लामौ हुनु पर्ने र सन्चालक समितिमा स्थानीयको प्रतिनिधत्व हुनु पर्ने स्थानीयको मागलाई व्यवस्था गर्ने गरेको सरकारी स्वामित्वमा रहेको फलाम कम्पनीले साधरण सभा भने पहिलो पटक हुप्सेकोटमा गरेको हो ।

शनिबार हुप्सेकोट गाउँपालिकामा सम्पन्न साधारण सभाको उदघाटन सत्रमा बोल्दै गाउँपालिका महासंघकी राष्ट्रिय अध्यक्ष एवं हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले राष्ट्रिय गौरवको आयोजना भनिएपनि फिल्डमा देखिने काम केहि नभएको भन्दै असन्तुष्टी जनाइन । अध्यक्ष पाण्डले सरकारले धौवादी फलाम कम्पनि लिमिटेड गठन गरेर काम थालेको करिब ५ वर्ष बितिसक्दा पनि कार्यप्रगति शुन्य हुनुमा को जिम्मेवार हो भनेर प्रश्न गरिन । “फलामखानी भनेर सुनेकाहरु यहा आउन चाहान्छन नजिकवाट फलामखानीको पहाड हेर्न चाहान्छन तर त्यहा पुग्ने पहिलो पुर्वाधार सडक नै छैन,“ पाण्डेले भनिन । खानीमा पुग्ने सडक र बिद्युतिकरणको काम समेत हुन नसक्नु लाजमर्दो बिषय रहेको भन्दै संचालक समितिको ध्यानकर्षण गरेकी थिइन । उनले स्थानिय तहमा फलामखानीको काम अघि बढाउन र जवाफदेहि हुन संचालक समितिमा गाउपालिका र प्रदेशको प्रतिनिधित्व गराइनुपर्ने माग अघि सारीन । राष्ट्रिय गौरबको आयोजना भएरपनि सरकारको न्यून चासो देखिएको अवस्था अन्त्य गर्न उनले माग गरिन । खानी क्षेत्र आसपासको जग्गा ब्यक्तिको नाममा दर्ता भैरहेको तर्फ गाउपालिका अध्यक्षले साधारणसभामा कुरा उठाएकी छन । फलामखानी क्षेत्रमा स्थानियलाई तरकारी खेती समेत नगर्नु भनेर भूर्गभ बिभागले पत्राचार गरेको जानकारी दिदै उनले जग्गा अधिग्रहण गर्ने कामलाई प्राथामिकतामा राखेर काम गर्न पर्ने आवश्यकता औल्याइन ।

साधारणसभाका प्रमुख अतिथि एवं उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव मुकुन्द निरौलाले सरकारको प्राथामिकतामा रहेरपनि बजेट बिनियोजन र प्राबिधिक काममा प्रगति भैरहेको जानकारी दिए । उनले धौवादीमा ठुलो परिणाममा फलाम डिपोजिट भएकाले चाडै काम शुरु हुन्छ भन्ने बाचा गर्दछु भनेर आस्वत पारेका थिए । बिहान १० बजे साधारण सभा गर्ने भनिएपनि ४ बजे शुरु भएको थियो । सचिव निरौला २ मिनेट मात्र बोलेका थिए ।

साधारण सभामा बोल्दै धौवादी फलाम कम्पनी लिमिटेडका अध्यक्ष रामप्रसाद घिमिरेले धौवादीमा रहेको फलामखानीको डिपिआर चाडै आउने बताए । “धौवादी फलाम कम्पनि लिमिटेड र यस्को उद्योगलाई नाफामुलक उद्योगमा लैजान सकिन्छ भन्ने प्रतिबेदनले देखाएको छ“ कम्पनिका अध्यक्ष रामप्रसाद घिमिरेले भने, “यो कारखाना चाडो शुरु गरेर नेपालमा वैदेशिक लगानी भित्राउन सकिन्छ भन्ने देखिएको छ ।“ फलाम परिणाम र गुणस्तरका बारेमा पछिल्लो प्राप्त रिपोर्टले उत्साहित भएको र सबै प्रकृया चाडो गरिने घिमिेरेले दावी गरे । उनले कारखानावाट बजार प्रतिस्पर्धा गर्ने फलाम निकाल्न सरोकारवाला अर्थमन्त्रालयसंग उद्योग मन्त्रालयले समन्वय गरिरहेको उनले सुनाए । कारखानाकालागि आवस्यक पर्ने फलामकै बिषेशज्ञ इन्जिनियरहरु नेपालमा नभएका कारण केहि समस्या देखिएको उनले सुनाए ।

धौवादी फलाम कम्पनि लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनकबहादुर चन्दले यो फलामखानीले देशकै कायापलट हुने भएकाले यस्को प्रकृयाले केहि बढि समय लिएपनि चाडै काम हुनेमा आसावादी रहन अपिल गरेका थिए ।

नेपालमा वार्षिक २७ लाख टन फलामजन्य वस्तुको आयात हुने गर्छ । फलामजन्य वस्तुको आयात १२ प्रतिसत रहेको छ । धौवादी फलाम कम्पनि लिमिटेड गठन भएको करिब ५ वर्षमा पहिलो पटक खानी रहेकै हुप्सेकोट गाउपालिकाको सभाहलमा शनिवार पहिलो पटक साधारण सभा भएको हो । यस अघिका सबै साधारणसभा र काठमान्डौमै हुने गरेको हो ।

साधारणसभामा खानी तथा भूगर्भ बिगागका सदस्य, अर्थ मन्त्रालय, यातायात मन्त्रालय र महालेखा परिक्षकको कार्यालयका प्रतिनिधि सदस्य रहने ब्यबस्था छ । कम्पनि सरकारी स्वामित्वमा छ । कम्पनिको संचालक समिति र साधारण सदस्यहरु सरकारले तोकेका सरकारी प्रतिनिधि मात्र रहने ब्यबस्था छ । संचालक समितिमा कम्तिमा हुप्सेकोट गाउँपालिका र यसै क्षेत्रको प्रदेशसभा सदस्य पदेन रहने ब्यबस्था हुनुपर्ने माघ गाउपालिका अध्यक्ष पाण्डेको रहेको छ । समिति सरकारले तोकेका सरकारी कर्मचारी र कार्यालय समेत काठमाण्डौमा रहेकाले स्थानिय जनप्रतिनिधि समेत फलामखानीको प्रगतिका बारेमा अनभिज्ञ रहेका छन ।

प्रकाशित : २०८० माघ १४ गते ९:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI