गैंडाकोटको साईनिङ स्कुलको बसले ठक्कर दिदाँ बालकको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०८० माघ १७ गते २२:०८
गैंडाकोटको साईनिङ स्कुलको बसले ठक्कर दिदाँ बालकको मृत्यु

कावासोती । गैंडाकोटमा रहेको साईनिङ आवासिय माध्यमिक विद्यालयको बसले ठक्कर दिदा ५ वर्षिय बालकको ज्यान गएको छ ।

गैडाकोट नगरपालिका वडा नं ६ स्थित माईली साईली चोकको भित्री सडक खण्डमा विद्यालयको ना१ क ३६६७ नं.बसले सोही स्कुलबाट माईली साईली चोक तर्फ जाने क्रममा शोभा थापा मगरको ५ वर्षिय छोरा स्वस्थि बाचेलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

दुर्घटनामा घाईते बालकलाई भरतपुर स्थित सरकारी अस्पताल पठाईएको र त्यहाँबाट रिफर गरेर पुरानो मेडिकल कलेज पठाईएको थियो । घाईते बालकको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रहरीका अनुसार उक्त बस र चालक जिल्ला चितवन भरतपुर महानगरपालिका-३ बस्ने बर्ष ४८ को ढक बहादुर रानाभाट नियन्त्रणमा रहेका छ्न ।

प्रकाशित : २०८० माघ १७ गते २२:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI