देवघाटमा ‘समुुदायमा काँग्रेस’ : कार्यकर्तालाई संगठन केन्द्रित रहन युवा नेता थापाको आग्रह

NAWALPUR TIMES
प्रकाशित : २०८० माघ १८ गते १५:४७
देवघाटमा ‘समुुदायमा काँग्रेस’  : कार्यकर्तालाई संगठन केन्द्रित रहन युवा नेता थापाको आग्रह

१८ माघ, तनहुँ । नेपाली काँग्रेसले ‘समुुदायमा काँग्रेस’ अभियान सुरु गरेको छ । नेपाली काँग्रेस केन्द्रिय कार्यसमितिको निर्णय एंव निर्देशनमा समुदायसंग काँग्रेस कार्यक्रमको शुभारम्भ भएपछि देवघाट गाउँपालिकामा पनि काङ्ग्रेसले अभियान चलाएको हो । देवघाटमा भएको समुदायमा काङ्ग्रेस अभियानमा बोल्दै महाधिवेशन प्रतिनिधि चाम थापाले कार्यकर्तालाई संगठित भएर जुट्न आग्रह गरे ।

उनले पछिल्लो समय काङ्ग्रेसका कार्यकर्तामा निराशा छाएको भन्दै उर्जा दिएर जागरुक बनाउनुपर्ने बताए । उनले अझैपनि काङ्ग्रेसका आम कार्यकर्तामा काङ्ग्रेस प्रतिको चिन्ता देखिएकोले त्यसलाई नेताहरुले मनन् गर्दै सङ्गठन निर्माणमा जोड दिनुपर्ने बताए । देवघाट गाउँपालिका-५ का सभापती सोमनाथ ढकालको अध्यक्षतामा देवघाटमा समुदायमा काङ्ग्रेस अभियान संचालन गरिएको थियो

प्रकाशित : २०८० माघ १८ गते १५:४७

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI