घर भित्र पसेको अजिङ्गरको उद्धार गर्दा एक जना घाइते

NAWALPUR TIMES
प्रकाशित : २०८० माघ २० गते २१:२९
घर भित्र पसेको अजिङ्गरको उद्धार गर्दा एक जना घाइते

कावासोती । नवलपुरको कावासोती नगरपालिका वडा नं.४ छिपछिपेका सन्त बहादुर रानाभाट अजिङ्गरले टोकेर घाइते भएका छ्न

गोपी भुषालको घर भित्र पसेको अन्दाजी ४/५ महिनाको अजिङगरलाई उद्धार गर्ने क्रममा उक्त अजिङ्गरले टोकेर रानाभाट घाइते भएका जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

अजिङ्गरले टोकेर घाइते भएका रानाभाटको मध्यविन्दु जिल्ला अस्पताल उपचार भैरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अजिङ्गरको आक्रमणबाट रानाभाटको दुईवटै हातमा चोट लागेको र उनको अवस्था मध्यम रहेको छ ।

अजिङगरलाई डिभिजन वन कार्यालयको समन्वय जंगलमा छोडिएको छ ।

प्रकाशित : २०८० माघ २० गते २१:२९

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI