राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता आज देखि

NAWALPUR TIMES
प्रकाशित : २०८० माघ २७ गते ७:३९
राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता आज देखि

कावासोती । मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता आज देखि सुरु हुँदैछ ।

मध्यविन्दु-२ कोल्हुवाको राईनो रंगशालामा सुरु हुने प्रतियोगिताको उदघाटन खेल बिरगंज युनाईटेड क्लब र फोर ब्रर्दस बिच हुने छ ।

३ वटा विभागीय, २ वटा ए डिभिजन, ३ वटा प्रदेशका टिम सहित १२ टिमले भाग लिएको प्रतियोगितामा प्रथम हुनेले ८ लाख र द्वितीय हुनेले ४ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतियोगिताको उदघाटन गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले गर्ने आयोजक संस्था राईनो क्लवका अध्यक्ष दोमन बहादुर भण्डारीले बताए ।

विश्वकै दुर्लभ १ सिंगे गैडा संरक्षणका लागि भन्दै विगत २० बर्षदेखि राइनो संरक्षण कप फुटबल प्रतियोगिता आउँदै गरेकोमा पछिल्लो समय सोही नाममा राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना सुरु गरिएको हो ।

 

प्रकाशित : २०८० माघ २७ गते ७:३९

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI