कपिलवस्तुमा बस दुर्घटना, १० जनाको मृत्यु, ३० घाइते

NAWALPUR TIMES
प्रकाशित : २०८० फागुन ३ गते ७:०२
कपिलवस्तुमा बस दुर्घटना, १० जनाको मृत्यु, ३० घाइते

कावासोती । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको  मृत्यु भएको छ। आज बिहान महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली  यातायातद्वारा  सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस सडकबाट दुई सय मिटर तल खसेको थियो।

दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। मृतकको विवरण (पहिचान)  खुलेको छैन । कार्यालयका प्रहरी निरीक्षक नवरत्न पौडेलका अनुसार  दुर्घटनामा ३० जना घाइते भएका ती मध्ये नौ जनालाई बुटवल ‘रिफर’ गरिएको छ। अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए ।

प्रकाशित : २०८० फागुन ३ गते ७:०२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI