गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड नवलपुरमा हुने निश्चित

NAWALPUR TIMES
प्रकाशित : २०८० फागुन ३ गते २१:२९
गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड नवलपुरमा हुने निश्चित

कावासोती । गण्डकी प्रदेश स्तरीय रनिङ शिल्ड प्रतियोगिता नवलपुरमा हुने भएको छ ।
यहि फागुन ११ देखि १३ सम्म प्रदेश ११ जिल्ला सहभागी हुने प्रतियोगिताको आयोजनाको जिम्मा जिल्ला खेलकुद विकास समिति नवलपुरले पाएको प्रदेश खेलकुद परिषदका सदस्य सचिब श्रीधर शर्माले जानकारी दिए ।

जिल्लाका स्थानीय तह तर्फबाट प्रतियोगिताका लागि ३० लाख लागत सहभागीता हुने निश्चित भए पछि प्रदेश खेलकुद परिषदले नवलपुरलाई प्रतियोगिता आयोजनाको जिम्मा जिम्मा दिएको हो ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते र उसुका खेल सन्चालन हुने छ्न ।

प्रकाशित : २०८० फागुन ३ गते २१:२९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI