हुप्सेकोटमा मोटरसाइकल दुर्घटना : २ जना गम्भीर घाईते

NAWALPUR TIMES
प्रकाशित : २०८० फागुन ८ गते २१:१८
हुप्सेकोटमा मोटरसाइकल दुर्घटना : २ जना गम्भीर घाईते

कावासोती । हुप्सेकोटमा मोटरसाइकल दुर्घटना हुँदा २ जना गम्भीर घाईते भएका छ्न ।

हुप्सेकोट गाउँपालिका-३ बेलहानीको भित्रि सडकखण्डमा झ्यालबासबाट गिरुवारी  तर्फ जादैं गरेको  लु.३६.प ५४९७ नम्बर को मोटरसाईकल चालकले नियन्त्रण गुमाएर भएको दुर्घटनामा  मोटरसाईकलमा सवार  परिचय नखुलेका अन्दाजी २५  वर्षका  २ जना पुरुषहरु गम्भीर घाईते भएका जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरुलाई उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा पठाएको र दुवै घाइतेको अवस्था गम्भिर रहेको छ ।

प्रकाशित : २०८० फागुन ८ गते २१:१८

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI