हुप्सेकोट दुर्घटना अपडेट  : मोहनडाँडाका ब्यम्बुको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०८० फागुन ८ गते २३:०४
हुप्सेकोट दुर्घटना अपडेट  : मोहनडाँडाका ब्यम्बुको मृत्यु

कावासोती । हुप्सेकोटमा भएको दुर्घटनामा घाइते भएका मध्ये एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा घाईते भएका दुई जना मध्ये गम्भीर घाईते मोटरसाइकल चालक हुप्सेकोट-२ मोहनडाँडाका पदम बहादुर ब्यम्बुलाई मध्यविन्दु जिल्ला अस्पताल ल्याउन साथ चिकित्सकले मृत घोषणा गरेका थिए । अर्का घाईते हिराबहादुर आलेलाई थप उपचारका लागि भरतपुर पठाईएको प्रहरी निरिक्षक साजन शर्माले बताए ।

हुप्सेकोट गाउँपालिका-३ को बेलहानी स्थित  भित्रि सडकखण्डमा झ्यालबासबाट गिरबारी तर्फ जादैं गरेको  लु.३६.प ५४९७ नम्बरको मोटरसाईकल चालकले नियन्त्रण गुमाउदा दुर्घटना भएको थियो ।

प्रकाशित : २०८० फागुन ८ गते २३:०४

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI