टी–२० त्रिकोणात्मक श्रृंखलामा नेपालले हङकङसँग खेल्दै

NAWALPUR TIMES
प्रकाशित : २०८० फागुन २७ गते ८:५९
टी–२० त्रिकोणात्मक श्रृंखलामा नेपालले हङकङसँग खेल्दै

कावासोती । नेपाल सम्मिलित टी–२० त्रिकोणात्मक क्रिकेट शृंखला आजदेखि हङकङमा शुरु हुँदैछ । पहिलो खेलमा नेपालले घरेलु टिम हङकङविरुद्ध खेल्दैछ ।

हङकङस्थित तीन क्वाङ रोड रिक्रियसन मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११ः४५ बजेदेखि शुरु हुनेछ ।

तेस्रो टिम पपुवा न्यूगिनी (पीएनजी) हो । नेपालले मंगलबार पीएनजीविरुद्ध खेल्नेछ ।

यसअघि शनिबार भएको हङकङविरुद्धको मैत्रिपूर्ण खेलमा नेपाल पराजित भएको थियो । नेपाललाई हङकङले ७३ रनले हराएको थियो ।नेपालले हालै घरेलु मैदानमा खेलेको त्रिकोणात्मक श्रृंखलामा उपाधि नेदरल्याण्ड्सलाई सुम्पिएको थियो । तेस्रो टिम नामिबिया थियो ।नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजको संयुक्त आयोजनामा हुने टी–२० विश्वकपको तयारीका लागि टी–२० श्रृंखलाहरु खेलिरहेको छ ।

प्रकाशित : २०८० फागुन २७ गते ८:५९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI