सरकार र मिटरब्याज पीडितबिच ४ बुँदे सहमति

NAWALPUR TIMES
प्रकाशित : २०८० फागुन २८ गते २१:४६
सरकार र मिटरब्याज पीडितबिच ४ बुँदे सहमति

कावासोती । सरकार र मिटरब्याज किसान–मजदुर संघर्ष समितिबीच चारबुँदे सहमति भएको छ ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पहलमा गृह मन्त्रालयसँग आइतबार र सोमबार भएको वार्ता सहमतिमा टुंगिएसँगै समितिले आह्वान गरेको आन्दोलन अन्त्य भएको छ ।

मिटरब्याज तथा ठगीबिरुद्ध किसान मजदुर संघर्ष समिति र सरकारका बिचमा ३ महिनाभित्र जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ । ९ विषयको कार्यादेश हुनेगरी जाँचबुझ आयोग गठन गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने सहमति भएको छ ।

उत्पीडित वर्गलाई राहत र क्षतिपूर्तिका लागी आगामी बजेटमा व्यवस्था गर्नेगरी अर्थ मन्त्रालयमा अनुरोध गर्ने सहमति भएको छ । सहमतिसँगै अहिले चलिरहेको आन्दोलन रोक्न पीडितहरु सहमत भएका छन् ।
सहमतिसँगै माघ १६ गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलन सकिएको छ। माघ १६ गतेदेखि पीडितहरू हिँडेरै काठमाडौँ आएका थिए।

 

प्रकाशित : २०८० फागुन २८ गते २१:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI