टी-२० आईमा कुशल भुर्तेलको १ हजार रन पूरा

NAWALPUR TIMES
प्रकाशित : २०८० फागुन २९ गते ८:०६
टी-२० आईमा कुशल भुर्तेलको १ हजार रन पूरा

कावासोती । नेपालका ओपनर कुशल भुर्तेलले टी-२० आई करिअरमा १ हजार रन पूरा गरेका छन् ।

त्रिकोणात्मक टी-२० आई सिरिजमा पपुवा न्युगिनीविरुद्ध कुशल भुर्तेलले ३९ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५९ रन बनाउँदै आउट भए । त्योसँगै १ हजार रन पनि पूरा गरेका हुन् ।

कुशलले ३६ खेलमा १ शतक र ८ अर्धशतकसहित १०१ चौका र ४४ छक्का हान्दै १००८ रन बनाएका छन् । उनी नेपालबाट टी-२० आईमा १ हजार रन पूरा गर्ने दोस्रो नेपाली ब्याटर हुन् । दीपेन्द्रसिंह ऐरीले ५८ खेलमा १ शतक र ८ अर्धशतकसहित १ हजार ४ सय ७६ रन बनाएका छन् ।

प्रकाशित : २०८० फागुन २९ गते ८:०६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI