मध्यविन्दुमा आगलागी हुदाँ ३ लाख ५० हजार बढिको क्षति

NAWALPUR TIMES
प्रकाशित : २०८० चैत २० गते १२:०७
मध्यविन्दुमा आगलागी हुदाँ ३ लाख ५० हजार बढिको क्षति

कावासोती । नवलपुरको मध्यविन्दु नगरपालिकामा आगलागी हुदाँ ३ लाख ५० हजार बराबरको क्षति भएको छ ।

मध्यविन्दु नगरपालिका वडा नं ४ लुस्लहरीका राम शरण वि.कको जस्ताको छानो भएको काठको गोठमा मंगलबार बिहान आगलागी भएको हो । आगलागीमा परेर एक बर्षको भैसीको पाडी जलेर मृत्यु भएको छ भने काठपात, घाँस दाउरा गरि ३ लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

गोठमा सल्किएको आगो स्थानिय, दमकल र प्रहरीका सहयोगमा पुर्ण नियन्त्रणमा लिईएको थियो । आगलागीको घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय नवलपुरका सुचना अधिकारी एवं प्रहरी नायब उपरिक्षक बेदबहादुर पौडेलले बताए ।

प्रकाशित : २०८० चैत २० गते १२:०७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI