कुवेतको एक निर्माणस्थलमा पुरिएर ४ नेपालीको ज्यान गएको छ। ३ जना घाइते छन् ।
कुवेतको अल–मुत्ला क्षेत्रको निर्माणस्थलमा बुधबार खसेको बालुवा र ग्राभेलको ढिस्कोमा पुरिएर ४ नेपालीको ज्यान गएको अरब टाइम्सले जनाएको छ। तर, घटनामा ज्यान गुमाउने नेपाली को–को हुन् भन्नेबारे भने खुलाइएको छैन।
ढिस्कोमा पुरिएर घाइते ३ काे उपचार भइरहेकाे छ। समाचार अनुसार, घाइतेको पहिचान हुन बाँकी छ।
ढिस्कोमा पुरिएका सबै कामदार चिनियाँ कम्पनीका हुन्। प्रत्यक्षदर्शीहरूले बताएअनुसार, निर्माणस्थलको ब्लक ५ मा ढल निर्माण गरिरहेका बेला ढिस्को खसेको थियो। घटनालगत्तै ७ लाई उद्धार गरेर अस्पताल लगिएकोमा ४ को ज्यान गएको अरब टाइम्सले जनाएको छ।
प्रकाशित : २०७६ फागुन १ गते १३:१४
Facebook Comment