पोखरा क्रीकेट एकेडेमी (पिसिए) को आयोजनामा तथा पिपिएल टिम पोखरा पल्टनको मुख्य प्रायोजन तथा व्याबस्थापनमा माघ २९ गतेदेखि पोखरा क्रीकेट रंगशालामा सुरु भएको गण्डकी प्रदेश स्तरीय यु-१६ एकदिवसीय क्रीकेट प्रतियोगिताको उपाधी नवलपुरले जितेको छ ।पोखरा क्रीकेट रंगशालामा भएको अन्तिम दिनको खेलमा कास्की-ए लाई ४८ रनले हराउदै उपाधी जितेको हो ।यो सङै बिजेता टिम नवलपुरले २० हजार सहित ट्रफि प्राप्त गरेको छ ।एस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडी सुबाश भन्डारि , उत्कृष्ट ब्याट्स्म्यान दिपक डुम्रे र उत्कृष्ट बलर स्विकार श्रेष्ठ घोषित भए ।पहिला ब्याटिङ गरेको नवलपुरले ४५.४ ओभरमा सबै विकेट गुमाउदै १५३ रन बनाउन सफल भयो ।नवलपुरको लागि दिपक डुम्रेले २९ , प्रबिन भुजेलले ३० , प्रोमिस अर्यालले १५ , सुशील क्षेत्रिले २३ सर्बाधिक सौजन्री रेग्मीले ७६, गणेश बस्याल अबिजित ५४ , सुजन गौतमले ४७ , मनिश पान्डेले १३, सुरज आर्चार्यले १३ तथा किरण भट्टराईले १२ रनको योगदान दिए ।कास्की ए को बलिङ तर्फबाट निरन गुरुङ र आदित्य थापाले ३/३ ,किरन पौडेलले २ तथा सिब्रन श्रेष्ठ र रोशन कान्त न्यौपानेले १/१ विकेट लिए ।१५४ रनको बिजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको कास्की- ए ले ३५ ओभरमा सबै विकेट गुमाउदै १०५ रनमा समेटिएको थियोे।कास्की-ए को ब्याटिङ तर्फ सोहिल कुवरले ३९ तथा रोशान कान्त न्यौपानेले १८रनको योगदान दिए ।नवलपुरको जितमा सुशील क्षेत्रिले ३ , अभिशान्त नेउरेले २ तथा सरद तिवारी , जीवन डुम्रे , स्विकर श्रेष्ठ र सुरज आचार्यले समान १/१ विकेट लिए । खेलको म्यान अफ दि म्याच नवलपुरका सुशील क्षेत्री घोषित भए ।प्रतियोगितामा गण्डकी प्रदेशका ४ जिल्लाहरुबाट पाँच क्रीकेट टिमहरु बाग्लुङ , नवलपुर , स्याङ्जा , कास्की-ए र कास्की-बि रहेको थियो
प्रकाशित : २०७६ फागुन ११ गते ११:५८
Facebook Comment