स्वास्थ्य संकटकाल घोषणा गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २२ गते ७:०५
स्वास्थ्य संकटकाल घोषणा गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले स्वास्थ्य संकटकाल (हेल्थ इमर्जेन्सी) घोषणा को प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको छ ।

बुधबार मन्त्रालयमा बसेको बैठकले दुई हजारभन्दा बढी कोरोना संक्रमण को एक्टिभ केस देखिएकाले संक्रामक रोग ऐन २०२० अन्तर्गत हेल्थ इमर्जेन्सी घोषणा को प्रस्ताव गर्ने  निर्णय गरेको हो ।

संक्रामक रोग ऐन २०२० को दफा २ अनुसार नेपालभर या देशको कुनै भागको मानिसमा कुनै संक्रामक रोग फैलिने देखिएमा नेपाल सरकारले सो रोग रोकथाम गर्न सर्वसाधारण जनता वा कुनै व्यक्तिहरूको समूह उपर लागु हुने गरी आवश्यक आदेश जारी गर्न सकिनेछ ।

प्रकाशित : २०७७ जेठ २२ गते ७:०५

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI