नवलपुर । नवलपुरकी सामाजिक अभियान्ता लक्ष्मी भट्टराईलाई सरकारले जनसेवाश्री पदकबाट सम्मान गरिने भएकाे छ । लामो समयदेखि सामाजिक क्षेत्रमा कृयाशिल रहेकी भट्टराई नवलपुरका विभिन्न संघसंस्थामा आवद्ध हुनुहुन्छ । भट्टराईकै अग्रसरतमा एकल महिलाहरुले चलाएको रातो अभियानले राष्ट्रिय स्तरमै चर्चा कमाएको थियो ।
उहाँ नारी कल्याण एकल महिला पैरवी नवलुरको अध्यक्ष समेत हुनुहुन्छ ।नेपाल सरकारले जनसेवाश्री पदकबाट सम्मान गर्ने निर्णय गरेपछि उज्यालो खबरसँग प्रतिकृया दिदै उहाँले आगामी दिनमा अझै सकृय रुपमा समाजिक क्षेत्रमा लाग्न बल पुगेको बताउनु भयो ।
प्रकाशित : २०७८ असोज ३ गते ९:२४
Facebook Comment