नवलपुरमा नेचर गाईड एशोसियसन तदर्थ समिति गठन भएको छ । आज कावासोती नगरपालिका वडा नं. १५ गोडारस्थित थारु अतिथि गृहमा बसेको भेलाले तदर्थ समिति गठन गरेको हो ।
इको करिडोरका आयोजनामा भएको कार्यक्रममा कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनियाको प्रमुअ आतिथ्यता रहेको थियो ।
भेलाले केवलप्रसाद चौधरीको अध्यक्षतामा नौ सदस्यीय समिति गठन गरेको छ । समितिको सचिवमा सन्देस घिमिरे, कोषाध्यक्षमा टेकबहादुर महतो, सदस्यहरुमा सृष्टि भुसाल, चन्द्राकुमारी महतो, पूजा महतो, लालबहादुर बोटे, सुमित चौधरी, मोहन शर्मा रहेका छन् ।
प्रकाशित : २०७८ असोज २२ गते २१:२३
Facebook Comment