नवलपुर । नवलपुर कोरोना को सक्रिय संक्रमितको संख्या ४ सय ९९ पुगेको छ । बिहिबार जिल्लामा १ सय १० जना संक्रमित थपिए सँगै सक्रिय संक्रमितको संख्या ४ सय ९९ पुगेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार जिल्लामा सबै भन्दा धेरै सक्रिय संक्रमितको संख्या कावासोती नगरपालिकामा रहेको छ । बिहिबार साँझ सम्म कावासोती नगरपालिकामा सक्रिय संक्रमितको संख्या २ सय १० रहेको छ । त्यसै गरि गैंडाकोट नगरपालिकामा १ सय १४,मध्यविन्दु नगरपालिकामा ६०, विनयी त्रिवेणीमा ६१, देवचुलीमा १८, हुप्सेकोटमा १०, बुलिङ्गटारमा १ , जिल्ला अस्पतालमा ८ र जिल्ला बाहिरका १७ जना रहेका जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
प्रकाशित : २०७८ माघ ६ गते २०:५६
Facebook Comment