नेपाली काङ्ग्रेसका युवा नेता ओम बहादुर घर्ती मगर (ओम थापा) नेपाली काङ्ग्रेसको भातृ संस्था नेपाल आदिवासी जनजाती संघको अध्यक्षमा मनोनित भएका छन । थापालाई नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले शुक्रबार नेपाल आदिवासी जनजाती संघको अध्यक्षको जिम्मेवारी प्रदान गरेका हुन । नेपाल
राष्ट्रिय मगर संघको केन्द्रिय अध्यक्ष समेत रहेका थापाले आफ्नो कार्यकालमा सातवटै प्रदेशमा सृजनात्मक कार्यक्रमहरु संचालन गरेका थिए । १४ औं महाधिवेशनमा झिनो मतले केन्द्रिय सदस्यको दौडबाट बाहिरिएका थापा नेपाली काङ्ग्रेस नवलपुर क्षेत्र नम्बर ०२ का महासमिति सदस्य हुन ।
प्रकाशित : २०७९ असार १० गते २२:४५
Facebook Comment