कावासोती । नवलपुरको देवचुलीबाट जवरजस्ती करणी गरेको आरोपमा २ बालक पक्राउ परेका छन् ।
जिल्लाको देवचुली नगरपालिका घर भएका २ बालकहरु नाबालिक माथी करणी गरेको आरोपमा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक साजन कुमार शर्माका अनुसार फागुन ६ गते स्थानीय ५ बर्षिय नाबालिकालाई करणी गरेको आरोपमा १३ र १४ वर्षका २ बालकहरु पक्राउ परेका हुन् ।
बालिकालाई चकलेट दिएर नजिकैको जंगलमा लगेर करणी गरेको भन्दै बालिकाका आफन्तले उजुरी दिएपछि प्रहरीले बालकहरुलाई पक्राउ गरि मुद्धा दायर गरेको हो ।
फागुन ६ गते भएको घटनाको भोलिपल्टै प्रहरीले बालकहरुलाई उनिहरुको घरबाटै नियन्त्रणमा लिएको हो । आरोपित बालकहरु कक्षा ६ र कक्षा ७ मा अध्ययनरत छन् भने उनिहरुलाई बाल निगरानीमा राखेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
प्रकाशित : २०८० फागुन २१ गते १६:२९
Facebook Comment