इन्डोनेसियाली सेनाको हेलिकप्टर दुर्घटनामा चारजनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २४ गते २३:३१
इन्डोनेसियाली सेनाको हेलिकप्टर दुर्घटनामा चारजनाको मृत्यु

काठमाडौं, जेठ २४ गते । इन्डोनेसियाली सेनाको हेलिकप्टर दुर्घटना हुँदा कम्तिमा चारजनाको मृत्यु भएको छ ।

नौ जना सबार रहेकोमा हेलिकप्टर दुर्घटनाका अन्य पाँच जना घाइते भएको अन्तर्राष्ट्रिष्य सञ्चारमाध्यमहरुले जनाएका छन ।

इन्डोनेसियाली सञ्चारमाध्यम कोमपास टीभीका अनुसार जाभा प्रान्तमा भएको उक्त दुर्घटनाका घाइतेहरुलाई केन्डल जिल्लास्थित दुई अलग अस्पतालमा भर्ना गरिएको छ ।

अत्यन्तै कम ऊचाईमा उडेको हेलिकप्टर छिट्टै ठूलो आवाजका साथ दुर्घटना भएको छ । कम ऊचाईमा रहेकोले दुईजना यात्रु दुर्घटना हुनुअघि नै निस्किन सफल भएको कोम्पास टीभीले जनाएको छ ।

प्रकाशित : २०७७ जेठ २४ गते २३:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI