विश्वभर १ करोड ३४ लाख ५४ हजारमा कोरोना संक्रमण, मृतकको संख्या ५ लाख ८१ हजार

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार ३१ गते ७:०३
corona
corona

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण हालसम्म विश्वभरका १ करोड ३४ लाख ५४ हजार ४ सय ४९ जनामा कोरोना संक्रमण फैलिएको छ।

हालसम्म विश्वभरबाट ७८ लाख ४६ हजार ४ सय २३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ५९ हजार ५ सय ७४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

कोरोना भाइरस (कोभिड १९) को कारण हालसम्म विश्वभर ५ लाख ८१ हजार १ सय १८ जनाको ज्यान गएको छ ।

प्रकाशित : २०७७ असार ३१ गते ७:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI