प्रहरीमा फैलिँदै संक्रमण, १२ सय ६० जनामा कोरोना

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १० गते १३:४४
प्रहरीमा फैलिँदै संक्रमण, १२ सय ६० जनामा कोरोना

काठमाडौं । प्रहरीमा लगातार कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । हालसम्म प्रहरीमा दुई डीआईजीसहित कोरोना संक्रमितको संख्या १२ सय ६० पुगेको छ । जसमध्ये ७ सय ४५ जना सक्रिय संक्रमित छन् ।

५ सय १५जना उपचारपछि डिस्चार्ज भएका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत १२६ र काठमाडौं उपत्यकाका १४२ जना सक्रिय संक्रमित छन् ।                                                     प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रदेश १ मा १८६, प्रदेश २ मा १३८, वाग्मती प्रदेशमा ४६, गण्डकीमा ३०, प्रदेश ५ मा ९२ , कर्णाली प्रदेशमा १७ र सुदूरपश्चिम प्रदेशमा १४ जना सक्रिय संक्रमित छन् ।

प्रकाशित : २०७७ भदौ १० गते १३:४४

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI