१४औं महाधिवेशन २०७८ मङसिरमा सार्ने आन्तरिक तयारी गर्दै देउवा

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ ११ गते १०:३०
१४औं महाधिवेशन २०७८ मङसिरमा सार्ने आन्तरिक तयारी गर्दै देउवा

नेपाली कांग्रेसको १४ औं महाधिवेशन २०७८ साल मंसिरसम्म सार्ने तयारी भएको छ । सभापति शेरबहादुर देउवाले अर्को मंसिर सम्म १४ औं महाधिवेशन सार्ने गरि आफु निकटहरुसंग छलफल थालेको बताइएको छ । कांग्रेसको १४ औं महाधिवेशन आउदो फागुनका लागि तोकिएको छ ।

फागुनमा तोकिएको महाधिवेशनको म्याद बढिमा ६ महिनासम्म म्याद थप गर्न सकिन्छ । सो अनुसार सभपाति देउवाले भदौसम्म महाधिवेशन स्वतः लम्ब्याउने निश्चित छ ।

तर सभापति देउवाले सर्वोच्च अदालतले लकडाउनको अवधिलाई शुन्य अवधि भनेकाले सो अवधिलाई ६ महिनामा गणना नहुने भएकाले सो अनुसार फागुनवाट चार महिनाको अवधि घटाउदा मंसिर सम्म जाने भएकाले देउवाले १४ औं महाधिवेशनको म्याद मंसिर लैजाने तयारी गरेका हुन् ।

उनले आफु निकटहरुसंग देउवाले गरेको छलफलमा उपसभापति विमलेन्द्र निधी र महामन्त्री पूर्णबहादुर खड्काले भने सो प्रस्ताव अस्वीकार गरेको बताइएको छ ।

प्रकाशित : २०७७ भदौ ११ गते १०:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI