थप १३४४ काेराेना संक्रमित संक्रमणमुक्त

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १९ गते १६:३६

काठमाडौं- पछिल्लो २४ घन्टामा थप १ हजार ३ सय ४४ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

योसँगै नेपालमा २५ हजार ५ सय ६१ जना संक्रमित उपचारपछि निको भएका छन्।  ताप्लेजुङ, सोलुखुम्बु, मुस्ताङ, मुगु र हुम्ला गरी ५ जिल्लामा संक्रमित शून्य भएका छन्।

आज मन्त्रालयका अनुसार १३ हजार ६ सय ३८ जनाको पिसिआर परीक्षण भएको छ। योसँगै अहिलेसम्म ७ लाख ४५ हजार ४ सय ९० जनाको पिसिआर परीरक्षण भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ६ हजार ५ सय ६१ जना क्वारेन्टाइनमा छन्। सक्रिय संक्रमितको संख्या १८ हजार ६ सय ४ रहेको छ।

प्रकाशित : २०७७ भदौ १९ गते १६:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI