माधव नेपाल सहित चार जना नेतामाथि गरिएको कारबाही फुकुवा

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख ३० गते ११:५१
माधव नेपाल सहित चार जना नेतामाथि गरिएको कारबाही फुकुवा

काठमाडौँ : नेकपा एमालेको स्थायी कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरिएको कारबाही फुकुवा गरेको छ ।  बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले  कारबाही फुकुवा गरेको अर्थमन्त्रीसमेत रहेका ओली समूहका नेता विष्णु पौडेलले इकागजलाई जानकारी दिए ।

नेता नेपाल, भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली समूहको बैठकले कारबाही गरेको थियो । ति चार जना नेताको कारबाही फुकुवाको निर्णय गरेको हो । फुट संघारबाट एमालेलाई जोगाउन कारबाही फुकुवा गरेको  हो ।

 

 

अर्थमन्त्री पौडेल स्थायी कमिटी बैठकअघि आज बिहान नेता नेपाल निवास कोटेश्वरमा पुगेर छलफल गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार बैशाख ३० गतेभित्र बहुमतको सरकार बनाउन दलहरूलाई आह्वान गरेकी थिइन् । राष्ट्रपति भण्डारीले दिएको समयसीमा आज सकिँदैछ ।

 

प्रकाशित : २०७८ वैशाख ३० गते ११:५१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI