बजेटमा आफ्ना माग समेट्न गण्डकी प्रदेश सरकारलाई पत्रकार महासंघको ध्यानाकर्षण

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ १९ गते २१:३०
बजेटमा आफ्ना माग समेट्न गण्डकी प्रदेश सरकारलाई पत्रकार महासंघको ध्यानाकर्षण

पोखरा: नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले प्रदेश सरकारका अर्थमन्त्री किरण गुरुङ्गलाई भेट गरि कोरोना संक्रमित पत्रकारहरुको निशुलक उपचार र मृतकका परिवारलाई राहत दिन ध्यानाकर्षण गराएको छ ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष नारायण प्रसाद शर्माको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले मन्त्री गुरुङ्ग संग अब प्रस्तुत हुने बजेट मार्फत् ति कुराहरु संबोधन गर्न आग्रह गरेको हो । महासंघले पत्रकार कल्याणकारि कोषमा सहयोग , महासंघका जिल्ला शाखाहरुको भवन निर्माणका लागि बजेट विनियोजन गर्न आग्रह गरेको अध्यक्ष शर्माले बताउनुभयो ।
शर्माले कोभिडका कारण धराशयी भएका संचार गृहहरुलाइ व्याज अनुदान हुने गरि ऋण दिन समेत आग्रह गरेको बताउनुभयो । आफुहरु संगको भेटका क्रममा अर्थमन्त्री गुरुङ्ग र आन्तरिक मन्त्रालयका सचिवले महास.घले उठाएका मागहरुलाई बजेटमा समेट्ने आश्वासन दिएको महासचिव गोविन्द सुवेदीले बताउृनुभयो ।
सो प्रतिनिधि मण्डलमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका पदाधिकारीहरुको सहभागिता थियो ।

प्रकाशित : २०७८ जेठ १९ गते २१:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI