कृष्ण थापालाई सांसदको हैसियतमा काम गर्न दिन सर्वोच्चको अन्तरिम आदेश

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ २३ गते १७:०८
कृष्ण थापालाई सांसदको हैसियतमा काम गर्न दिन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ — सर्वोच्च अदालतले गण्डकी प्रदेश सभाका सदस्य कृष्ण थापालाई सांसदको हैसियतमा काम गर्न दिन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश कुमार चुडालको एकल इजलासले आइतबार थापालाई प्रदेश सभा बैठकमा नियमित भाग लिन, सो हैसियतमा मतदान गर्ने, मत प्रकट गर्ने कार्यमा बञ्‍चित नगर्न अन्तरिम आदेश दिएको हो ।

पार्टीको ह्वीप नमानेको भन्दै थापालाई राष्ट्रिय जनमोर्चाले कारबाही गरेको थियो । त्यसपछि उनी सर्वोच्च गएका थिए । गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमाथि दलले समर्थन गरिरहँदा थापाले पार्टीको निर्देशन उल्लंघन गर्दै एमालेलाई सहयोग गर्दै आएका थिए । थापा बागलुङ १ को ‘ख’ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

प्रकाशित : २०७८ जेठ २३ गते १७:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI