जाजरकोटमा बस दुर्घटना हुँदा ५ को मृत्यु, २७ घाइते

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर १२ गते ७:५२
जाजरकोटमा बस दुर्घटना हुँदा ५ को मृत्यु, २७ घाइते

बाँके । जाजारकोटमा बस दुर्घटना हुँदा ५ को मृत्यु भएको छ । बाँकेको नेपालगञ्जबाट जाजरकोटका लागि छुटेकाे ना ६ ख २७५७ नम्बरको बस आइतबार बिहान २ बजे दुर्घटनामा परेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यलय जाजरकोटका अनुसार जाजरकोटको भेरी नगरपालिका–१३ बराहचौरमा बस दुर्घटनामा परेको हो ।

बस सदरमुकाम पुग्न करिब १० किलोमिटर बाँकी रहँदा परकाे सडकमा दुर्घटनामा परेको हो । मृत्यु हुने यात्रुहरुको पहिचान हुन भने सकेको छैन।

बसमा जम्मा ३२ यात्रु रहेको खुलेको छ । दुर्घटनामा परेर २७ जना घाइते भएका प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ मंसिर १२ गते ७:५२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI