प्युठान जीप दुर्घटना अपडेट : ज्यान गुमाउनेकाे सङ्ख्या आठ पुग्याे

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ २२ गते ८:३५
प्युठान जीप दुर्घटना अपडेट : ज्यान गुमाउनेकाे सङ्ख्या आठ पुग्याे

प्युठानकाे ओखरपाटामा भएकाे जीप दुर्घटनामा ज्यान गुमाउनेकाे सङ्ख्या आठ पुगेकाे छ ।

दुर्घटनामा गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख सत्यनारायण थापाले जानकारी दिनुभयाे।

प्युठानमा बेहुली लिएर फर्किँदै गरेको जीप आज बिहान एक बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै ज्यान गएको थियाे ।

नौबहिनी गाउँपालिकाको लुङबाट गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप ओखरपाटामा दुर्घटनामा परेकाे थियाे ।

जीप सडकबाट ३ सय मिटर तल खोल्सामा खसेको थियाे ।

दुर्घटनामा गम्भीर घाइते भएका अन्य पाँच जनाकाे जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेकाे थापाले बताउनुभयाे ।

प्रकाशित : २०७८ माघ २२ गते ८:३५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI