स्थानीय तह निर्वाचनका लागि ७९ दललाई मान्यता, कुन कुन दलले पाए ? (सूचीसहित)

NAWALPUR TIMES
प्रकाशित : २०७८ फागुन २७ गते ९:४८
स्थानीय तह निर्वाचनका लागि ७९ दललाई मान्यता, कुन कुन दलले पाए ? (सूचीसहित)

काठमाडौं : आगामी स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले ७९ दललाई मान्यता दिएको छ । आयोगमा दर्ता भएका १ सय ११ राजनीतिक दलमध्ये ८० राजनीतिक दलले स्थानीय तह निर्वाचनमा भाग लिनका लागि निवेदन दिएका थिए । तर ७९ दलले मात्र मान्यता पाएका हुन् ।

बिहीबार बसेको आयोगको बैठकले ऋषि कट्टेल नेतृत्वको नेकपाबाहेक निवेदन दिएका अन्य सबै दललाई निर्वाचनमा भाग लिन मान्यता दिएको आयोगले जनाएको छ । आयोगले स्थानीय तहको निर्वाचनमा सहभागी हुन चाहने राजनीतिक दलहरूलाई ५ फागुनदेखि १५ गतेसम्म दल दर्ताको निवेदन दिन समय निर्धारण गरेको थियो ।

 

प्रकाशित : २०७८ फागुन २७ गते ९:४८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI