भरतपुर महानगरको मेयरमा एमालेले विजय सुवेदीलाई उमेदवार बनाउने

NAWALPUR TIMES
प्रकाशित : २०७८ चैत २७ गते १८:०८
भरतपुर महानगरको मेयरमा एमालेले विजय सुवेदीलाई उमेदवार बनाउने

काठमाडौं । नेकपा एमालेले भरतपुर महानगरपालिकाको मेयरमा विजय सुवेदीलाई उमेदवार बनाउने भएको छ । आइतबार बसेको महानगर कमिटीको बैठकले सुवेदीलाई सर्वसम्मत रुपमा उमेदवार बनाउने निर्णय गरेको नेता कृष्णभक्त पोखरेलले जानकारी दिए ।

०७४ को निर्वाचनमा मेयरमा पराजित भएका नेता देवी ज्ञवालीको प्रस्ताव र पोखरेलको समर्थनमा सुवेदीलाई उमेदवार बनाउने निर्णय भएको हो ।

सुवेदी प्रदेशसभा सदस्य हुन् । सुवेदी यसअघि नेतृ अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारमा सामाजिक विकासमन्त्री बनेका थिए ।

प्रकाशित : २०७८ चैत २७ गते १८:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI