कावासोतीमा एमालेबाट नगरप्रमुखको दाबी गर्दा दुई हजार शुल्क

NAWALPUR TIMES
प्रकाशित : २०७८ चैत २९ गते १७:३६
कावासोतीमा एमालेबाट नगरप्रमुखको दाबी गर्दा दुई हजार शुल्क

नवलपुर । वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागि दलहरुले उम्मेदवार आकांक्षीको नाम संकलन गर्ने र घोषणा गर्ने कामलाई नवलपुरमा पनि निरन्तरता दिएका छ्न ।

नेकपा एमाले कावासोतीको मंगलबार सम्पन्न बिस्तारित बैठकमा नगरप्रमुख पदको १६ जना आकांक्षीहरुले नगरप्रमुख पदमा आफ्नो दाबी पेश गर्नेहरु सँग एमालेले दुईहजारका दरले रकम लिएको छ तथ्य बाहिरिएको छ ।

एमाले कावासोती नगरकमिटी अध्यक्ष रामकृष्ण ढुङ्गानाले नगरप्रमुखको आकांक्षी सँग २ हजारका दरले पैसा लिएको बताए । बैठकको खर्च पुर्ति गर्न पैसा उठाइएको ढुंगानाले बताए ।

मंगलबार एमाले कावासोतीको बिस्तारित बैठकबाट १६ जनाले नगरप्रमुख र १२ जनाले उपप्रमुखमा दाबी गरेका छ्न ।

प्रकाशित : २०७८ चैत २९ गते १७:३६

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI