एसईई परीक्षा वैशाख ९ गतेबाट , ५ लाख बढी विद्यार्थी सहभागी हुँदै

NAWALPUR TIMES
प्रकाशित : २०७९ वैशाख ४ गते ११:५२
एसईई परीक्षा वैशाख ९ गतेबाट , ५ लाख बढी विद्यार्थी सहभागी हुँदै

काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) यही बैशाख ९ गतेबाट हुने भएको छ । विगत २ वर्ष कोरोना महामारीका कारण बोर्ड परीक्षा हुन नसकेको एसईईमा यस वर्ष भने भौतिक रुपमै परीक्षा सञ्चालन गरिँदै छ । ती दुई वर्ष आन्तरिक मूल्यांकनबाट विद्यार्थीहरुलाई एसईई पास गराइएको थियो ।

राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र तय गरेको जनाएको छ । ती केन्द्रहरुमा बोर्डले तयार पारेका प्रश्नपत्रहरु पठाइने र सोही आधारमा कोरोनाकाल भन्दा अगाडिको जस्तै गरी परीक्षा सञ्चालन हुनेछ । प्रश्नपत्रहरु पनि जिल्ला पठाइसकिएको छ ।

बोर्डका अनुसार यस वर्षको एसईई परीक्षामा ५ लाख १४ हजार ७ सय ६० जना परीक्षार्थी सहभागी हुँदैछन् । जसमा नियमिततर्फ ४ लाख ८८ हजार ७ सय ४२ जना र ग्रेड वृद्धितर्फ ११ हजार ४ सय ५४ विद्यार्थी सहभागी हुनेछन् । परीक्षाका क्रममा आधारभूत स्वास्थ्य मापदण्ड भने अपनाउनुपर्नेछ ।

प्रकाशित : २०७९ वैशाख ४ गते ११:५२

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI