नवलपुरमा ७६ जनाको उम्मेदवारी दर्ता

NAWALPUR TIMES
प्रकाशित : २०७९ असोज २४ गते ८:४०
नवलपुरमा ७६ जनाको उम्मेदवारी दर्ता

कावासोती : मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नवलपुरमा आईतबार भएको मनोनयन दर्तामा ७६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मनोनयन दर्ता गराउनेहरुमध्ये २१ जनाले स्वतन्त्र उम्मेदवार रहेका छ्न ।

दुई संघीय निर्वाचन क्षेत्र र ४ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा जम्मा ५ जना महिलाहरुले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

संघीय निर्वाचन क्षेत्र नं. १ मा ५ जना स्वतन्त्र सहित १६ जनाको उम्मेदवारी परेको छ ।

उम्मेदवारी दिनेहरुमा नेपाली काँग्रेसबाट डा. शशांक कोइराला, नेकपा एमालेबाट कृष्ण प्रसाद पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डा. मोहनीलाल भुसाल , राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजन गौतम, नेपाली काँग्रेस (वी.पि.)बाट मोहन आचार्य जनता समाजवादी पार्टी नेपालबाट भुम बहादुर राई, मंगोल नेशनल अर्गनाईजेशनबाट प्रेम छिरी शेर्पा , हाम्रो नेपाली पार्टी बाट तुलसीराम भुसाल, नेपालका लागि नेपाली पार्टीबाट रुक्मागत चापागाई, राष्ट्रिय जनमुक्ति पार्टीबाट टक बहादुर थापा मगर, नागरिक उन्मुक्ति पार्टीबाट कमल महतोले उम्मेदवारी दर्ता गराएकाछन् भने गैडाकोट–४ का एकनाथ पोख्रेल, देवचुली –१६ का चित्रध्वज जी.सी., कावासोती – ८ का सुर्यप्रसाद सापकोटा , विन्दु भट्टराई र गैडाकोट –१२ का विष्णु भट्टले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा २ जना स्वतन्त्र सहित १० जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दर्ता गराउनेमा नेपाली काँग्रेसका महेन्द्रध्वज जि.सी., नेकपा एमालेका रविन्द्र अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सन्तोष थापा, राष्ट्रिय जनमुक्ति पार्टीका विना आले, नेपाली काँग्रेस (बि.पी.)का यमनाथ बस्ताकोटी, हाम्रो नेपाली पार्टीका बद्री काप्री , मंगोल नेशनल अर्गनाईजेशनका कुमार गुरुङ्ग, जनता समाजवादी पार्टी नेपालका अनुबुढाथोकी रहेका छन् भने गैडाकोट –१ का राजेन्द्र प्रसाद उपाध्याय र सोही स्थानकै सरोज कंडेलले स्वतन्त्रमा उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

त्यसैगरी क्षेत्र नं. १ प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ मा ३ जना स्वतन्त्र सहित १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश सभा तर्फ उम्मेदवारी दर्ता गराउनेहरुमा नागरिक उन्मुक्ति पार्टीका खनसराम महतो, नेपालका लागि नेपाली पार्टीका खिम कहादुर सुनार, नेपाली काँग्रेस (वी.पी.)का गणेश प्रसाद पोख्रेल, जनता समाजवादी पार्टी नेपालका छविलाल मगर, मंगोल नेश्नल अर्गनाईजेशनका टम बहादुर थापा मगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामनाथ उप्रेती, नेकपा एमालेका रोशन बहादुर गाहा मगर, नेकपा माओवादी केन्द्रका लोकप्रसाद भूर्तेल, र राष्ट्रिय जनमुक्ति पार्टीका शिव कुमार वुढा रहेका छन् भने कावासोती – २ का ईश्वरजंग थापा मगर, देवचुली –१३ का चोक नारायण काफ्ले र देवचुली –११ का ठाकुर चापागाईले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी क्षेत्र नं. २ को प्रतिनिधीसभा तर्फ ५ जना स्वतन्त्र सहित १५ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।

उम्मेद्वारी दर्ता गराउनेहरुमा हाम्रो नेपाली पार्टीका जगन्नाथ पोख्रेल, नेपाल लोकतान्त्रिक पार्टीका अम्मरबहादुर धामी , नेकपा माओवादी केन्द्रका बालकृष्ण गैरे, नेपाली काँग्रेसका विष्णु कुमार कार्की , राष्ट्रिय जनमुक्ति पार्टीका सिंह बहादुर थापा , नेकपा एमालेका तिलबहादुर महत क्षेत्री, नागरिक उन्मुक्ति पार्टीका बुद्धिराम थनेत, राष्ट्रिय स्वतन्त्र पार्टीका शालिकराम न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका विषु प्रसाद शर्मा , मंगोल नेशनल अर्गनाईजेशनका ज्ञान बहादुर कुमालले उम्मेदवारी दर्ता गराएका छन् भने बालकृष्ण कुँवर जोगी, मुक्ति प्रसाद पाण्डेय, सागर पाठक, लाल बहादुर मल्ल, राम प्रसाद आचार्यले स्वतन्त्र उम्मेद्वारी दिएका छन् ।

क्षेत्र नं. २ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा ३ स्वतन्त्र सहित १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दिनेहरुमा मौलिक जरोकिलो पार्टीबाट लक्ष्मीकान्त रिमाल, हाम्रो नेपाली पार्टीबाट यदुनाथ सिग्देल, नेकपा माओवादी केन्द्रवाट सौगम कुमार सिरपाली बि.क., राष्ट्रिय जनमुक्ति पार्टीबाट थाम बहादुर गाहा, नेकपा एमालेबाट पदमा जि.सी., राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नुन बहादुर आले मगर, नेपाली काँग्रेसबाट विष्णु प्रसाद लामिछाने, जनता समाजवादी पार्टी नेपालबाट निकिता श्रेष्ठ, मंगोल नेश्नल अर्गनाईजेशन बाट हर्कबहादुर डिसुवा मगर, र नेपाली काँग्रेस (बी.पी.)बाट हेमराज गुरौंले उम्मेदवारी दर्ता गराएका छन् भने योग मल्ल, चेतनाथ पोख्रेल, र प्रेमनारायण पाण्डेले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी क्षेत्र नं. २ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ मा ३ जना स्वतन्त्र सहित १० जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेहरुमा राष्ट्रिय जनमुक्ति पार्टीबाट मोहन सिंह थापा वकावल,नेपाली काँग्रेस (बी.पी.) बाट रामचन्द्र भण्डारी, नेकपा एमालेबाट लक्ष्मण बहादुर पाण्डे, नागरिक उन्मुक्ति पार्टीबाट युवराज कुमाल, नेकपा (एस) बाट डा. गोपाल प्रसाद खनाल, मंगोल नेशनल अर्गनाईजेशनबाट लाल बहादुर गुरुङ्ग, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भोजवहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन् भने विनयीत्रिवेणीका रोशन के.सी., मध्यविन्दुका दामोदर न्यौपाने र सुरेश कुमालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित : २०७९ असोज २४ गते ८:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI