नवलपुरमा ८ जनाद्वारा उम्मेदवारी फिर्ता

NAWALPUR TIMES
प्रकाशित : २०७९ असोज २६ गते १६:४५
नवलपुरमा ८ जनाद्वारा उम्मेदवारी फिर्ता
File Photo: Balot Box

कावासोती : नवलपुरमा प्रतिनिधि सभा र प्रदेश सभा तर्फ उम्मेदवारी दिएका ८ जनाले उम्मेदवारी फिर्ता लिएका छन ।

बुधबार उम्मेदवारी फिर्ता लिने समय १ बजे सम्म ८ जनाले उम्मेदवारी फिर्ता लिएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उम्मेदवारी फिर्ता लिनेहरुमा प्रतिनिधि सभा तर्फ निर्वाचन क्षेत्र नं १मा उम्मेदवारी दिएका नेपाली कांग्रेस बिपिका मोहन आचार्य, निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारी दिएका सागर पाठक, लालबहादुर मल्ल र बालकृष्ण गैह्रे रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यसै गरि प्रदेश सभा तर्फ उम्मेदवारी दिएका प्रदेश सभा १ क का सरोज कंडेल, १ खका ठाकुरप्रसाद चापागाईं, २ क का विष्णु प्रसाद लामिछाने र चेतनाथ पोख्रेल रहेका अधिकृतको कार्यालयले जनाएको छ ।

यस अघि गत असोज २३ गते उम्मेदवारको मनोनयन दर्ताको दिन ७६ जना उम्मेदवारले प्रतिनिधि सभा तथा प्रदेश सभा तर्फ उम्मेदवारी दर्ता गराएका थिए ।

प्रकाशित : २०७९ असोज २६ गते १६:४५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI