कवि शिरोमणि लेखनाथ पौडेलको जन्म घर

NAWALPUR TIMES
प्रकाशित : २०७९ पुष १५ गते १३:०५
कवि शिरोमणि लेखनाथ पौडेलको जन्म घर

कास्की । कास्कीको अघौं अर्चलेस्थित कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मघर । उन जन्मेको पुरानो घरलाई संरक्षण गरेर राखिएको छ ।

लेखनाथको जन्म बाबु दुर्गादत्त र आमा वसुन्धरा पौड्यालको जेठा छोराको रूपमा वि.स. १९४१ पौष शुक्ल एकादशीको दिनमा भएको थियो ।

५ वर्षको उमेर पुगेपछि मात्र उनको अक्षर सिक्ने प्रक्रिया अघि बढ्यो; उनले घरैमा प्रारम्भिक शिक्षा प्राप्त गरेका थिए । पौडयालले सर्वप्रथम गङ्गागणेशस्तोत्र, अमरकोश, चण्डी पढे ।

उनले आफू साहित्य लेखनमा लाग्न पितृप्रसादको सहयोग लिन खोज्दा उनीबाट उल्टै हप्काइ खाएका थिए, त्यही ईख र दधिराम मरासिनीको स्नेह, सहयोग र सद्भावनाले उनले काव्य सृजनाको लेखनविन्दूमा उनलाई पुर्‍याएको मानिन्छ ।

तस्बिर : ॠषिराम बराल/रासस

प्रकाशित : २०७९ पुष १५ गते १३:०५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI