राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका सभापति सापकाेटाद्वारा पार्टी पारित्याग

NAWALPUR TIMES
प्रकाशित : २०७९ माघ १८ गते १८:३७
राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका सभापति सापकाेटाद्वारा पार्टी पारित्याग

कावासोती । राष्ट्रिय स्वतन्त्र पार्टी चितवन जिल्ला सभापति धर्मेन्द्र सापकाेटाले पार्टी पारित्याग गर्नु भएकाे छ ।

पार्टीभित्र केही व्यक्तिकाे मनाेमानी चलेकाे, राणा शासन जस्ताे गरी पार्टीलाई अघि बढाउन खाेजेकाे भन्दै उहाँले असन्तुष्टि पाेख्दै पार्टी पारित्याग गर्नु भएकाे हाे । सापकाेटाले पार्टीभित्र बाेल्ने अधिकार पनि नदिने गरिएकाे बताउनुभयाे ।

आम जनताकाे अभिमतलाई बेवास्ता गरेर पार्टी चलाउन खाेजिएकाले आफूले राजीनामा दिएकाे ईमेज खबरसँग उहाँले बताउनु भयाे । अब आफू स्वतन्त्र रहने समेत उहाँले बताउनु भयाे ।

सापकाेटाले रवि लामिछानेलाई गत आम निर्वाचनमा चिनवन-२ बाट जिताउन महत्वपूर्ण भूमिका खेल्नु भएकाे थियाे । सापकाेटा लामिछानेकाे विश्वास पात्रका रुपमा चिनिनु भएकाे थियाे।

प्रकाशित : २०७९ माघ १८ गते १८:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI