फागुनमा मात्रै १२ दिन सार्वजनिक बिदा

NAWALPUR TIMES
प्रकाशित : २०७९ फागुन १ गते ९:४७
फागुनमा मात्रै १२ दिन सार्वजनिक बिदा

फागुन महिनाभर १२ वटा सार्वजनिक बिदा पर्ने भएका छन् ।

विभिन्न दिवस, पर्व र शनिबारीय सहित ११ वटा सार्वजनिक बिदा पर्ने भएका हुन्। आज फागुन १ गते सरकारले जनयुद्ध दिवसको बिदा दिएको छ। ७ गते प्रजातन्त्र दिवस, ९ गते ग्याल्पो ल्होछार, १५ गते मगर दिवस, २२ र २३ गते पहाड र तराईमा फागुपूर्णिमा तथा २४ गते नारी दिवसको सार्वजनिक बिदा छ।

मगर दिवस राजपत्रमा प्रकाशित बिदामा सूचिकृत नभए पनि अधिकांश स्थानीय तहले बिदा दिने गरेका छन्। यसैगरी फागुन ६, १३, २० र २७ गते शनिबारको बिदा छ।  फागुनकै ४ गते गण्डकी प्रदेशले प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश स्तरीय बिदा दिएको छ ।

प्रदेश सरकारले पनि आ–आफ्नो प्रदेशको धर्म, संस्कृतिलगायतका अवसरमा वर्षमा अतिरिक्त ६ दिन बिदा दिन पाउँछन्।  राजपत्रमा प्रकाशित सरकारी बिदाअनुसार यो वर्ष राष्ट्रिय स्तरका १ सय ३६ बिदा परेका छन्। तर प्रदेशहरुले पनि आफू अनुकुलका बिदा दिँदा सार्वजनिक बिदाको संख्या थपिँदै गएको छ।

प्रकाशित : २०७९ फागुन १ गते ९:४७

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI