आईसीसी विश्वकप क्रिकेट लिग–२ : स्कटल्यान्डविरुद्ध खेल्दै नेपाल

NAWALPUR TIMES
प्रकाशित : २०७९ फागुन ५ गते ८:०३
आईसीसी विश्वकप क्रिकेट लिग–२ : स्कटल्यान्डविरुद्ध खेल्दै नेपाल

कावासोती । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिदेशीय शृंखलामा आज (शुक्रबार) नेपालले स्कटल्यान्डविरुद्ध खेल्दै छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल बिहान ९ बजेदेखि सुरु हुनेछ । शृंखलामा दुवै टिमको यो दोस्रो खेल हो । यसअघि, भएको पहिलो खेलमा नेपालले नामिबियालाई दुई विकेटले हराउँदा स्कटल्यान्डले पनि नामिबियाविरुद्ध १० विकेटको फराकिलो जित निकालेको थियो ।
एकदिवसीय मान्यता जोगाउन नेपाल जितको दबाबमा छ । तालिकाको छैटौं स्थानमा रहेको नेपालले २५ खेल खेल्दा २० अंक जोडेको छ ।

यता, तीन खेलअगावै लिग–२ च्याम्पियन बनेको शीर्ष स्थानको स्कटल्यान्डले ३३ खेलबाट ४८ अंक जोडेको छ । तेस्रो स्थानको नामिबियाले ३२ खेलबाट ३७ अंक जोडेको छ ।

प्रकाशित : २०७९ फागुन ५ गते ८:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI