नेपालसँग नामिबिया तीन विकेटले पराजित

NAWALPUR TIMES
प्रकाशित : २०७९ फागुन ६ गते १६:५०
नेपालसँग नामिबिया तीन विकेटले पराजित

कावासोती  । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिदेशीय शृंखलामा नेपालले नामिबियामाथि शानदार जित निकालेको छ ।

२७५ रनको लक्ष्य पछ्याएको नेपालले नामिबियालाई तीन विकेटले पराजित गरेको हो । नेपालको जितमा ओपनर आसिफ शेख, पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र कुशल मल्लको ब्याटिङको मुख्य भूमिका रह्यो ।

शेखले ९८ बलमा आठ चौका र दुई छक्काको मद्दतमा ८१ रन बनाए । यस्तै, मल्लले ७४ बलमा तीन छक्का र पाँच चौकाको मद्दतमा ६५ रन बनाए ।

यस्तै, कुशलले ४९ बलमा ६ चौका र चार छक्काको मद्दतमा ६२ रन बनाए । कप्तान रोहित पौडेलले ४३ बलमा पाँच चौकाको मद्दतमा ३९ रन बनाए ।

त्यसअघि, टस हारेर पहिले ब्याटिङमा उत्रिएको नामिबियाले ६ विकेट गुमाएर २७४ रनको योगफल खडा गरेको थियो ।

 

प्रकाशित : २०७९ फागुन ६ गते १६:५०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI