स्कटल्यान्डमाथि नेपालको सनसनी जित

NAWALPUR TIMES
प्रकाशित : २०७९ फागुन ९ गते १६:४७
स्कटल्यान्डमाथि नेपालको सनसनी जित

कावासोती । कप्तान रोहित पौडेलले अर्को एउटा उत्कृष्ट इनिङ खेल्दै नेपाललाई स्कटल्यान्डविरुद्ध महत्वपूर्ण जित दिलाएका छन् । हारको संघारमा पुगिसकेको टिमलाई उद्दार गर्ने क्रममा उनले नवौं विकेटका लागि करण केसीसँग निर्णायक साझेदारी गरे ।

लगातार चौंथोपटक टस जितेपछि नेपालले चौंथोपटक नै फिल्डिङ रोजेको थियो । सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएपछि स्कटल्यान्ड २१२ रनको मध्य स्कोरमा समेटियो ।

तर यसअघिका म्याचको तुलनामा कठिन पीचमा नेपाली ब्याट्सम्यानहरुले रनका लागि संघर्ष गरे । कुनै पनि ब्याट्सम्यानले सेटल भएर खेल्न नसक्दा नेपालले १३८ रनमै आठ विकेट गुमाउन पुग्यो । हार निश्चित देखिएको अवस्थाबाट रोहितले नेपाललाई जोगाए । उनलाई करणले बलियो साथ दिए ।

 

प्रकाशित : २०७९ फागुन ९ गते १६:४७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI